arrow

जापानमा बारम्बार गएको शक्तिशाली भूकम्पबाट ४१ को मृत्यु

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
japan_Earthquake.jpg.jpeg
मिनामी आसो (जापान)  । जापानको दक्षिण भूभागमा केही दिनयता बारम्बार गएको भूकम्पबाट कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । 
 
गत बिहीबार राती र शनिबार बिहानीपख गएका ती शक्तिशाली भूकम्पमा परी ४१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना बेपत्ता भएका बताइएको छ । 
 
कुमामोतो क्षेत्र भारी बर्षा हुने भविष्यवाणी गरिएको छ । लगातार आएको पराकम्पनबाट पहिरो गएको र थप पहिरो जाने त्रास पनि बढेको जनाइएको छ 
 
क्युसु क्षेत्रमा नै शनिबार बिहान ७.० रिक्टर स्केलको अर्काे शक्तिशाली भूकम्प गएको थियो । जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति नै ६.४ रिक्टर स्केलको भूकम्प गएको थियो । स्थानीय समयानुसार बिहीबार राती ९ः२६ बजे सो भूकम्प गएको हो । 
 
यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछि पराकम्पनहरु आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य बनिसकेको थियो । तर पछि फेरि अर्काे ठूलो धक्काले जनजिवन निकै नै प्रभावित पारेको छ । 
बिहीबार साँझ ६.५ रिक्टर स्केलको भूकम्प आउनु करिब आधा घन्टापहिले ५.७ रिक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा रहेको र १० किलोमिटर मात्र गहिराइमा रहेको थियो । 
 
त्यसपछि शनिबार बिहानीपख अर्काे शक्तिशाली भूकम्प गएको छ । यसबाट जापानमा तीन दिनमा लगातार तीन ठूला भूकम्पको महसुस भएको छ । शनिबारको भूकम्पले ठूलो क्षति पुगेको बताइएको छ । 
 
शनिबार बिहानको भूकम्पको केन्द्रबिन्दु किन्सुकै दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोतो जिल्ला रहेको हो । कुमामोतो जिल्ला र क्युसुको अन्य भागहरुमा ४ सय भन्दाबढी पराकम्पनहरु महसूस गरिएको बताइएको छ । 
 
भूकम्पपछि करिब ६३ हजार भन्दा घरहरुमा आइतबार अपराह्नसम्म विद्युतीय लाइनहरु नभएको बताइएको छ । जापान विश्वको नै तुलनामा बारम्बार भूकम्पले सताउने गरेको देश हो । 
 
सन् २०११ मा उत्तरपूर्वी जपानमा गएको ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी करिब १८ हजार ५ सय व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ