arrow

करोडपतिसँग अर्वपति गेट्सकी छोरीको विवाह

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
bill.JPG

काठमाडौं ।  माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सको विवाह हुने भएको छ ।  इजिप्टियन करोडपति  नायल नासारसँग गेट्सकी छोरी जेनिफरको विवाह हुने भएको हो । दुवै बिच इंगेजमेन्ट भइसकेको छ। यद्यपि विवाहको मिति भने तोकि सकिएको छैन । 

अर्वपति गेट्सकी छोरी जेनिफर गेट्सले बर्षदिनदेखि प्रेमी नायल नासारसँग डेटिङ गरेपछि इंगेजमेन्टको घोषणा गरेकी थिइन्। जेनिफर गेट्सले मंगलबार बिहीबार इन्स्टाग्राममा सो घोषणा गरिन् ।  केही समयअघि इजिप्टका घोडसवार खेलाडी नसारले जेनिफरलाई विहेका लागि प्रोपोज (प्रस्ताव) गरेका थिए । जेनिफरले नसारले प्रोपोज गरेपछिको खुसी सामाजिक सञ्जाल इस्टाग्राममा फोटो पोष्ट गर्दै साटेकी छन् । उनले नसारको प्रोपोज स्वीकारेको बताएकी छन् ।

नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्। इजिप्टियन करोडपति उनीहरुसँगै स्ट्यानफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए।

जेनिफरले आफ्नो इंस्टाग्राम प्रोफाइलमा आफ्नो इंगेजमेन्टको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नायेल नसार, तिमी संसारमा आफ्नो ढंगको एक मात्र मानिस हौ । म अब सारा जीवन तिम्रो साथमा बिताउन चाहन्छु ।’ जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई 'क्वालिफाइ' हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ। जेनिफरले आफुलाई घोडाहरू मन पराउने बताउदै आएकी थिइन् ।

नायलले पनि जेनिफरले झैं इन्स्टाग्राममा फोटा राख्दै 'उनले मानिन्। म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ । जुन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकामा धन्यवाद।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ