arrow

प्रदेश दुईमा जन्मेका बालिका लखपति बन्दै

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
pradesh-22.JPG

जनकपुर । प्रदेश नम्बर दुईको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम तीन लाख पुर्याउने भएको छ ।  २०७५ माघ १ पछि जन्मेका छोरीहरुको एक लाखका शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई बढाएर तीन लाख पुर्‍याएको हो ।

शुक्रबार प्रदेश सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव तीन लाख पाउने घोषणा गरे । पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने , प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन ।’

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने हामी अहिलेलाई तीनलाख गरेका छौ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा बीस लाख पुर्याउने लक्ष्य लिएका छौ ।

छोरी शिक्षा विमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश नम्बर दुई सरकारले गरि सकेको छ। विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छिन ।

यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराए।

मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी समेत गराए।

शुक्रबार सम्पन्न मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

यसका साथै मन्त्रिपरिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ