arrow

नेपाल–नामिविया क्रिकेट : शीर्ष चारको ढोका खोल्न नेपाललाई जित्नै पर्ने दबाब

टस जित्नेले व्याटिङ रोज्ने सम्भावना बढी

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
nepali-cricket-team.jpg.jpeg
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्वको दोस्रो एक दिवसीय खेल सोमबार कीर्तिपुर मैदानमा हुँदै छ । सोमबार बिहान सवा ९ बजे हुने खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । यसअघि, शनिबार भएको च्याम्पियनसिप तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिवियालाई १७ बल बाँकी छँदै ५ विकेटले पराजित गरेको थियो । 
 
यसअघिका सबै चार खेल गुमाएको नेपालले शनिबारको जितसंगै २ अंक बटुलेको छ । नेपाललाई अघिल्लो चरण प्रवेश गर्न सोमबारको खेल जित्नै पर्ने दबाब छ । सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सम्भावना जिवितै छ । सोमबारको खेल जिते नेपाललाई अघिल्लो चरण प्रवेशको ढोका खुल्ने छ । 
 
सोमबारको खेल नेपालले सजिलै जित्न भने कठिन छ । सोमबार कुनै पनि टोलीले टस जिते पहिले व्याटिङ नै गर्ने सम्भावना बढी छ । नेपालले टस जितेको खण्डमा समेत व्याटिङ रोज्ने देखिन्छ । कीर्तिपुर मैदानको पीच र विकेटको अवस्था हेरेर नेपाल शनिबार भन्दा अब संयमित हुनु पर्ने आवश्यकता रहेको नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले हाम्राकुरालाई बताए । उनले भनेका छन्, ‘बलरले नामिवियालाई शनिबार जस्तो धेरै रन बनाउन दिन नहुने र व्याट्सम्यानले समेत मध्यक्रममा परेको दबाबलाई सम्झेर गल्ति सुधार गर्नु पर्दछ ।’ एक दमै अफ्ठ्यारो किकेट छ । 
 
सोमबारको खेल जिते नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिने छ । आठ राष्ट्र सहभागि च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपाल भन्दा पछि परेका नामिविया र संयुक्र अरब इमिरेट्स (युएई) को समान २–२ अंक छ । सोमबारको खेल जिते नेपाल रन रेटका आधारमा पुपुवान्यूगिनी भन्दा माथि उक्लिने छ । यसअघि पपुवान्यूगिनीले नेपाललाई दुबै खेलमा हराएको थियो ।
 
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् । गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुबै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो । 
 
एक दिवसीय खेलमा भने नेपाल र नामिबिया यसअघि दुई पटक भिडेका छन् । गत वर्ष नामिबियामै भएको आइसिसी विश्व क्रिकेट लिग  ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानाडामा भएको आइसीसी ट्रफी समूह चरणको खेलमा नेपाल पराजित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ