arrow

वालिङ नगरपालिका फाईनलमा प्रवेश

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ माघ १८ शनिबार
football-waling.jpg

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका रौतहटमा जारी ‘चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६’ को फाईनलमा प्रवेश गरेको छ। रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी प्रतियोगितामा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै वालिङ फाईनलमा प्रवेश गरेको प्रशिक्षक दिलीप थापाले जानकारी दिए।

चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा बिहीबार भएको सेमिफाईनल खेलमा वालिङको जितका लागि दुबै गोल अमिशा कार्कीले गरेकी थिइन्। कार्कीको गोलले वालिङलाई फाईनलमा पुर्‍याएको हो। 

वालिङ नगरपालिकाले शनिबार आयोजक चन्द्रपुर नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक थापाले जानकारी दिए। चन्द्रपुरले मोरङको बिराटनगर महानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। प्रतियोगितामा प्रथम, द्वितीय हुने नगरपालिकाले क्रमशः तीन लाख र एक लाख पचास हजार प्राप्त गर्नेछन् भने सेमिफाईनलमा प्रवेश गर्ने दुई नगरपालिकाले ५०-५० हजार नगद प्राप्त गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ