arrow

चम्किलो र सेतो फाइनलमा भिड्ने

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख ५ आइतबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। तेह्रथुम आठराईको सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टिम चम्किलो तारा युवा क्लब ईवा र खाम्लालुङ गाविस सेतो भिड्ने भएका छन्।
 
आइतबार भएको खेलमा प्रगतिशील तमु युवा समुह ह्वाकुलाई ट्राईबेकरमा पराजित गर्दै चम्किलोले आफ्नो फाइनल यात्रा तय गरेको हो। यस्तै मदन मेला आयोजक समितिलाई २–१ गोल अन्तरले पराजित गर्दै खाम्लालुङ गाविस सेतो फाइनलमा उत्रिएको मेला आयोजक समितिका महेन्द्र बिमलीले जानकारी दिए। यस्तै महिला तर्फ लेकसाइट स्पोटिङ ताप्लेजुङ्ग र जाँते मोरङ फाइनलमा उत्रिएका छन्। सोमबार दुवैतर्फको उपाधिकालागि फाइनल खेल हुने र पुरस्कार वितरण लगायत कार्यक्रमसँगै मेला सम्पन्न हुने आयोजकले जनाएको छ। 
 
पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५ टिम सहभागी भएकोमा विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै महिला फुटबलतर्फ विभिन्न ६ टिम सहभागी भएकोमा विजेताले नगद ३१ र उपविजेताले १८ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने मेला आयोजक समितिका विमलीले बताए। 
 
पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबारै लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु समेत सम्पन्न भएका छन्। २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ। रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ