arrow

किन म्यानमारले गर्‍यो ग्वान्झाउ उडान फिर्ता ?

logo
प्रकाशित २०७६ माघ १८ शनिबार
corona1.jpg

काठमाडौं । म्यानमारले चीनको ग्वान्झाउ हवाइ उडान फिर्ता लिएको छ । 

म्यानमारका सरकारी प्रवक्ताले गत शुक्रबार चाइना साउदर्न फ्लाइटको उडान फिर्ता लिएको बताएका हुन् । उक्त फ्लाइटमा एक जना कोरोना भाइरस संक्रमित भएको पनि बताइएको छ । 

उक्त चिनियाँ संक्रमितलाई जहाज यांगुनमा ल्याएपछि तुरुन्तै अस्पताल पठाइएको म्यानमार सरकारका प्रवक्ताले बताए । 

दुई म्यानमारका नागिरक पनि १४ दिन परिवारबाट टाढा बस्न स्वीकार गरेको पत्रकार सम्मेलनमा बताएका छन् । 

म्यानमारमा अहिलेसम्म कोरोना भाइरसले छोएको छैन । म्यानमारमा चिनियाँ पर्यटकलाई प्रवेशमा रोक पनि लगाइएको छैन ।

तर म्यानमारले विमानस्थल र सीमा गेटहरुमा तापक्रम स्क्रिनिङ राखेको सरकारका प्रवक्ता जा एचटीले बताए । 

चीनको वुहानबाट फैलेको कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा २५९ जनाको ज्यान गएको छ भने १२ हजार संक्रमित रहेका छन् । 

चीन बाहिर १०० को संख्यामा संक्रमित भएको बताइएको छ । दुई दर्जन देशमा कोरोना भाइरस देखिइसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ