मौसम सफा, सोमबारसम्म ढुक्क, मंगलबार गडबडी


प्रकाशित

काठमाडौं । मौसम अरु दिनका तुलनामा आइतबार सफा रहेको छ । तराईमा हुस्सु र कुहिरो लागेको छैन ।

मध्यदेखि पश्चिमी पहाडी भेगमा बिहान सामान्यदेखि आंशिक बदली रहेको छ । तर यो क्रम हटेर मौसम सफा रहने वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । 

काठमाडौं उपत्यकामा मौसम सफा रहेको छ । बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको थियो । प्रधानाङ्गका अनुसार आइतबार देशभर मौसम सफा रहने छ ।

कुनै पनि ठाउँमा वर्षा हुने छैन । शनिबार डडेडधुरामा १.५ मिलिमिटर वर्षा भएको थियो । 

नेपालको पुर्वी तथा मध्य भूभागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव भने रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पनि मौसम सफा रहने छ । मंगलबार भने बदली भइ वर्षा हुने सम्भावना छ । 
 


प्रतिक्रिया :

नयाँ