arrow

अपराजित लिभरपुलको कीर्तिमान, चार खेल बराबरीमा

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
liverpool33.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ८ खेल भएका छन् । जसमा २३ गोल भएको छ । चार खेल बराबरीमा सकिएका छन् । 

लिग लिडर लिभरपुलले अपराजित यात्रालाई अझै निरन्तरता दिएको छ । लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो ।

खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै अग्रता दोब्बर बनाए । 

७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै ३–० को अग्रता दिलाए । ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० ले जिताए । 

अन्य खेलको नतिजा  
लेस्टर सिटी २–२ चेल्सी
म्यान्चेस्टर युनाइटेड ०–० वुल्भरह्याम्पटन 
बर्नमाउथ २–१ एस्टन भिल्ला
क्रिस्टल प्यालेस ०–१ शेफिल्ड युनाइटेड
न्युकासल युनाइटेड ०–० नर्विच सिटी
वाटफोर्ड २–३ एभर्टन
वेष्टह्याम ३–३ ब्राइटन

अंक तालिका, लिभरपुलको कीर्तिमान
जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।

जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५१ अंक रहेको छ । तेस्रो स्थानको लेस्टरको ४९ अंक छ । चौथो चेल्सीको ४१ अंक मात्रै छ । शेफिल्डको ३६ र छैटौं म्यान्चेस्टर युनाइटेडको ३५ अंक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ