arrow

शर्माको 'उहिलेका कुरा र अहिलेका कुरा'

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
narahari2.jpg

काठमाडौं ।  वरिष्ठ साहित्यकार डा महेश्वर शर्माको २७औँ सृजना 'उहिलेका कुरा र अहिलेका कुरा' बिमोचन भएको छ।

पुस्तक विमोचन गर्दै वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले नेपाली महिलाको अबस्था र हाम्रो सोच परिबर्तन गर्नका लागि अझै धेरै लेख्नुपर्ने बताए । उनले लेखक अथवा सृजनाकर्मीको कलम समाजका लागि हुनुपर्ने बताए ।

कार्यक्रममा देशको सीमा सुरक्षा राजनीतिले गर्ने हो भन्दै जेष्ठ नागरिकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सीमाबारे कुरा गरेको बताए । लिम्पियाधुरा हाम्रो हो अरूले नक्सामा राखे हाम्रो नक्सामा खोइ भनेर प्रश्न गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा मन्त्री नरहरि आचार्यले लेखकिय स्वन्त्रता नभएको पन्चायतको समयमा पनि पत्रिका प्रकाशनमा महेश्वर शर्माले दिएको हौसला र प्रेरणालाई स्मरण गरे। शर्मा सकारात्मक उर्जा र प्रेरणाको श्रोत भएको बताए ।

नेता आचार्यले २००८ सालदेखि लेख्न थालेका शर्माले प्रशासनिक सेनावाट निवृत्त भएपछि सक्रिय रूपमा विभिन्न बिधामा थुप्रै किताब प्रकाशन गरेको बताए। आचार्यले मानिस सक्रिय जीवनमा रहदासम्म निवृत्त हुदैन भने।

डारजनी ढकालले पुस्तक समिक्षा गर्दै बिषयको गहिराइमा पुग्नु नै लेखकको खुबी हो । समाजमा रहेको नारी पीडालाई यो पुस्तकले देखाएको बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ