arrow

एमवीवीएस पढेर तान्त्रिक बनेका 'विभाष बाबा'ले बाडेँ पाँच लाखको सामान

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १९ आइतबार
bhisababa.JPG

जनकपुर । विभाष बाबा (विभाष लाभ) जनकपुर र आसपासको जिल्लासँगै भारतको विभिन्‍न प्रान्तमा पनि चर्चा पाएको नाम हो  । शैक्षिक योग्यताका हिसाबले उनी चिकित्सामा एमवीवीएस गरेका छन । तर उनको नाम डाक्टरका रुपमा होइन, बरु तान्त्रिकको रुपमा परिचित रहेको छ ।

बिहान ६ बजेदेखि राति ९ बजेसम्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० स्थित देवी चोकमा विवाष बाबाको निवासमा अनुयायीहरुको भिड लागिरहेको देख्न पाइन्छ ।

आइतबार तीनै विभाष बाबाले धनुषाको कमला नगरपालिका वडा नम्बर १ मंगराहामा न्यानो लुगा ,कम्बल. खाद्यान सामग्री लगयतका समानहरु बिपन्न , दलित बृद्ध, बिधवा, अपांग, बालबालिकाहरूलाई बाडेँका छन् ।

करिब पाँच लाख बराबरका सामानहरु वितरण गरेका बाबा बिवाषले जानकारी दिए। कामख्या परिवार नेपालकातर्फबाट कार्यक्रम आयोजना गरिएको थियो। विभाष बाबा कामख्या परिवार नेपालका अध्यक्ष छन् ।

कार्यक्रममा १५० थान कम्मल, ३५० थान न्यानो लुगा, ५० थान साडी, ज्याकेट, स्वेटर, ५ बोरा ज्युरा, ५ बोरा मुरही, मिठा लगायतका समानहरु बाडिएको कामख्या परिवार नेपालका अध्यक्ष बाबा बिवाषले जानकारी दिए।

कार्यक्रम राम ईस्वर ठाकुरको सभापतित्व तथा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाको प्रमुख आथित्यमा सम्पन्न भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ