arrow

गणेश आचार्यमाथि महिलालाई जबर्जस्ती भिडियो देखाएको आरोप, अदालत जाने तयारी

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
ganesh1.jpg

काठमाडौं । बलिउड कोरियोग्राफर गणेश आचार्यमाथि एक महिला कोरियोग्राफरलाई जबर्जस्ती पोर्न भिडियो देखाएको आरोप लागेको छ । करियरको शुरूवातमा नयाँ रहेकी ती युवतीलाई आचार्यले आफ्नो क्याविनमा बोलाएर भिडियो देखाउने गरेको आरोप लगाएकी छन् ।   
 
सो बिषयलाई लिएर आचार्यले शनिबार मुम्बईमा एक पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले अम्बोली र ओशिवरा प्रहरी चौकीमा आफूमाथि लगाइएको आरोपमा एनसी दर्ता गरेको बताए।

महिला कोरियोग्राफरलाई विगतमा जबरजस्ती अश्लील सामाग्री देखाएको आरोप लागेका आचार्यले यस बारे खुलासा गर्दै अदालत जान तयारी गरेको बताएका छन् ।  सो सम्मेलनमा गणेश आचार्यकी श्रीमती पनि उपस्थित थिइन । उनी भन्छिन्  १९ बर्षदेखि गणेशसँगै छिन् र उनीमाथि पूर्ण विश्वास छ।

पत्रकार सम्मेलनको क्रममा गणेशले भने, ' म र मेरो परिवार यी आरोपहरूको साथ कुनै समस्या छैन। मानिसहरूलाई थाहा छ म के हुँ र के हैन।'

पोर्न भिडियो देखाइएको आरोप लगाउदै ती महिलाले भनेकी थिइन्, 'म ती दिनमा नयाँ थिएँ, आफ्नो करियर शुरूमा थिए । गणेश मास्टर एक ठूलो कोरियोग्राफर थिए। गणेश मास्टरले मेरो तलब दिने बहानामा मलाई उनको अफिसमा (क्याबिन) बोलाउँथे र एउटा अश्‍लील फिल्म देखाउथे , जब मैले सोधें कि तपाईं के गरिरहनु भएको छ, उनले जवाफमा दिन्थे, हेर तिमिलाई मजा आउनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ