arrow
ADVERTISEMENT

उत्तरी अफगानिस्तानमा भिडन्त, सात जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ १९ आइतबार
afghanistan-map-1.jpg

कुन्दुज। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको मृत्यु भएको छ। जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये चार जना विद्रोही लडाकूहरु रहेको जानकारी दिए।

उनले आइतबार स्थानीय समय अनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताए। भिडन्तका क्रममा तीन जना प्रहरीको मृत्यु भएको र अरु चार जना सख्त घाइते भएको गभर्नर कुरैसीले बताए। तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन। 

बाघलानमा सात लडाकू मारिए
उत्तरी बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा तालिबान विरुद्ध सरकारी फौजले गरेको हवाई आक्रमणमा सात जना लडाकू मारिएको सेनाले जनाएको छ।

सैनिक विज्ञप्तिमा बाघलान जिल्लाको मघाल गाउँमा शनिबार अबेर राति हवाई कारबाही गरिएको र त्यसमा अरु आठ जना लडाकू घाइते भएको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ