arrow

कस्तो छ ऋषि कपूरलाई ?

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
rishi-ranbir.jpg

काठमाडौं । अभिनेता ऋषि कपूर हाल दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। केही समय अघि क्यान्सरको लडाई जित्दै ऋषि भारत फर्केका थिए । यद्यपि उनको स्वास्थ्यलाई लिएर आत्तिनुपर्ने अवस्था भने छैन। उनी दिल्लीको प्रदूषणका कारण अस्पतालमा भर्ना भएको भनिएको छ।

ऋषि कपूरले पीटीआईलाई भने- 'दिल्लीको प्रदूषणले गर्दा मलाई सायद संक्रमण भएको हुनसक्छ। त्यसैको  उपचार गराइरहेको छु । त्यस्तो आत्तिनुपर्ने केहि भएको छैन ।'

केही प्रयोगकर्ताहरूले ऋषि कपूर बिरामी भएको समाचार सोशल मीडियामा भाइरल हुने गरि शेयर गरेका थिए ।

रिपोर्टका अनुसार रणबीर कपूर र आलिया भट्ट पनि फिल्म 'गंगुबाई काठियावाडी' को शुटिङ रोकेर दिल्ली अस्पताल फर्किए  । आलिया भट्ट संजय लीला भन्सालीको फिल्म 'गंगुबाई काठियावाडी' को लागी शुटिङ रोकेर रणबीरसँग दिल्लीको फर्किएकी हुन् ।

ऋषि कपूर क्यान्सरको उपचारको क्रममा एक बर्ष भन्दा बढी समयदेखि न्यूयोर्कमा बसेका थिए । अमेरिकाको न्यूयोर्कमा एक वर्ष उपचार गराएर उनी फर्किएका थिए ।

क्यान्सर मुक्त हुने बित्तिकै ऋषि फिल्म 'द बडी' बाट सिनेमा घरमा फर्केए। फिल्ममा ऋषि कपूरको अतिरिक्त इमरान हाश्मी पनि थिए। फिल्मले बक्स अफिसमा मिश्रित प्रतिक्रिया प्राप्त गर्‍यो।

 ऋषि कपूर चाँडै दीपिका पादुकोणको साथ ठूलो पर्दामा देखा पर्नेछन्। केही दिन अघि यी दुबै स्टारले सोशल मीडियामा पोस्ट साझा गरेर यसको बारेमा जानकारी गराएका थिए ।

निलो रंगको पोस्टरको रूपमा जानकारी दिदै दीपिकाले लेखिन्, 'मेरो अर्को फिल्मको घोषणामा म उत्साहित छु। यो फिल्म 'द इन्टर्न' को भारतीय रूपान्तरण हो जुन अर्को वर्ष २०२१ मा रिलीज हुनेछ।'  साथै ऋषि कपूरले लेखेका थिए, ' द इंटर्नको रिमेक र दीपिका पादुकोणको साथ नयाँ सुरुवात हुदैछ।'

फिल्म दीपिकाको 'का' प्रोडक्शन, वार्नर ब्रदर्स र एज्यूरको ब्यानरमा निर्माण हुनेछ। फिल्मको निर्देशकको नाम अहिले सम्म शेयर गरिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ