arrow

प्रिमियर लीग उपाधी दावेदार लेस्टर बराबरीमा रोकियो, लिभरपुल बिजयी

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
leicester_westham.jpg.jpeg
काठमाडौं। ईङलिश प्रिमियर लीग २०१५-१६का स्टार खेलाडी जेमी भार्डीले रेड कार्ड खाएर बाहिरिए पछि १० जनामा सिमित उपाधिको प्रमुख दावेदार लेस्टर सीटी वेष्ट ह्यामसँग पराजित हुन बाट जोगिएको छ। लेस्टरले वेष्टह्यामसँग २-२ गोलको बराबरी खेलेको छ। 
 
खेलको १८औम मिनेटमा गोल गरेर लेसटरलाई १-०को अग्रता दिलाएका भार्डीले २८औं मिनेटमा पहिलो पहेंलो कार्ड पाएका थिए। खेलको ५६औं मिनेटमा जानी-जानी लडेको भनेर रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड दिंदै मैदान बाहिर पठाएका थिए। उनलाई जानी जानी लडेर पेनाल्टी लिने प्रयास गरेको आरोपमा रेड कार्ड दिईएको थियो। 
 
जेमी भार्डी प्रिमियर लीग फुटबलमा सार्वाधिक गोलकर्ता रहेका छन्। उनीसँगै बराबरीमा ह्यारी केन रहेका छन्। केन अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटनह्याम हटस्पर्सका खेलाडी हुन्। 
 
खेलको ८४औं मिनेटमा वेष्टह्यामका एण्डी क्यारोलले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। वेष्टह्यामका एरोन क्रेसवेलले ८६औं मिनेटमा गोल गर्दै २-१को अग्रता दिलाएका थिए। 
 
खेलको ९०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लेस्टरका जोसे लियोनार्डोले खेल २-२को बराबरीमा पुराउँदै लेस्टरलाई १ अंक दिलाउन मदत गरेका थिए। 
 
लिभरपुल बिजयी
लिभरपुलले बोर्नमाउथलाई २-१ गोलले हराउँदै ३२ खेलमा ५१ अंककासाथ ८औं स्थानमा रहेको छ। साउथाम्पटन ३४ खेलमा ५१ अंककासाथ सातौं स्थानमा रहेको छ। कम खेल खेलेको लिभरपुलले राम्रो प्रदर्शन जारी राखेमा छैठौं स्थान भित्र रहने संभावना रहेको छ। 
 
खेलको ४१औं मिनेटमा फर्मिनोले गोल गर्दै लिभरपुललाई १-०को अग्रता दिलाएका थिए। पहिलो गोलको ४ मिनेट पछि स्टरिजले गोल गर्दै अग्रता २-०को बनाएका थिए। खेलको अन्तिम मिनेटमा बर्नमाउथका जोदुवा किंगले सान्तवना गोल गरेका थिए। 
 
आर्सनल बराबर
आर्सनलले क्रिष्टल प्यालेससँग बराबरी खेलेको छ। दुवै टोलीले १-१ गोल गरेर बराबरी गरेका थिए। आर्सनलकालागि ४५औं मिनेटमा सान्चेजले गोल गरेका थिए भने ८२औं मिनेटमा क्रिष्टल प्यालेसका यानिक बोलासीले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ