arrow

भारतको बजेटले के महंगियो के सस्तियो ? 

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
india-finance-minister.jpg

काठमाडौं । भारतीय केन्द्र सरकारले सन् २०२०–२१ का लागि बजेट सार्वजनिक गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले शनिबार प्रस्तुत गरेको बजेटले दैनिक प्रयोगमा आउने वस्तु महंगिएको छ । 

भान्छाकोठाका सामग्रीदेखि फर्निचर, जुत्ताचप्पल लगायत बच्चाका खेलौना महंगा भएका छन् । 

त्यस्तै खेलकुद सामग्री, माइक्रोफोनजस्ता वस्तुहरु सस्तिएका छन् । 

यी हुन् महंगा सामग्री–

भान्छाका सामग्रीहरु जस्तै– तेल, नौनी घ्यु, बदामको नौनी, मकै, सोया फाइबर, सोया प्रोटिन लगायत । 

भान्छाका उपकरणहरु जस्तै– पानी फिल्टर, खाना ग्राइन्डर, ओभन, कुकर, ग्रिलर, रोस्टर लगायत ।

सज्जाका सामग्रीहरु जस्तै– काइयो, हेयरपिन, कर्लिंग, इलेक्ट्रिक प्रेस लगायत । जुत्ता, कपाल क्लिप, कपाल ड्रायर, सेभर, कपाल हटाउने उपकरणहरू।

सुविधाजनक जीवनशैलीका सामग्री पनि महंगा भएका छन् जस्तै– वाटर हिटर, फर्निचर, बत्तीहरू, लाइट फिटिंग, खेलौना, घण्टी, टेबल फ्यान, सिलिङ फ्यान, ब्लोअर लगायत । 

त्यस्तै रत्न, चिकित्सा उपकरण, गिलासवेयर, ट्रफी, सिगरेट, सुर्ती, सुर्तीजन्य वस्तु लगायत । 

के सस्तो भयो ? 
न्यूजप्रिन्ट, खेलकुदका सामानहरू, माइक्रोफोन, इलेक्ट्रिक वाहनहरू, कच्चा चिनी, प्लास्टिक केमिकल लगायत । 

भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ। सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ।

त्यसैगरी अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ। केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दावी गरेको छ। तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ।

आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ। सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ। केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन।

जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०–०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ। सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६.९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९.३२ ट्रिलियन रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ