arrow

रोनाल्डो चम्किँदा युभेन्ट्स विजयी, यस्तो छ नतिजा 

logo
प्रकाशित २०७६ माघ २० सोमबार
ronaldo56.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डो चम्केपछि डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन रोनाल्डोले दुई गोल गरे । 

खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुनस् पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्सले दोब्बरले अग्रता लियो ।

खेलको ९० औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३(० को जित दिलाए ।

अन्य खेलको नतिजा
एसी मिलान १–१ भिरोना
एटलान्टा २–२ गियोना
लाजियो ५–१ एपीएएल
लिस ४–० टोरिनो
युडिनेस ०–२ इन्टर मिलान

अंक तालिका
जितसँगै युभेन्ट्सले २२ खेलमा ५४ अंक जोडेको छ । जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको इन्टर मिलानको ५१ अंक रहेको छ । लाजियो ४९ अंकसहित तेस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ