arrow

कपडा ठिकसँग नलगाएको आरोप लागेकी शाहरुख पुत्री फेरी चर्चामा

logo
प्रकाशित २०७६ माघ २० सोमबार
suhana-khan-daughter.jpeg

काठमाडौं ।  बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना खानका तस्वीरहरू प्राय सोशल मिडियामा भाइरल  हुन्छन्। मानिसहरू सुहानालाई जति सक्दो चाँडो फिल्महरूमा हेर्न चाहन्छन्।

 यद्यपि दर्शकहरुको इच्छा पूरा हुन केहि समय लाग्नेछ । शाहरुखकी छोरी सुहानाले न्यूयोर्क विश्वविद्यालयबाट अध्ययन गरिसकेपछि सो इच्छा पनि पुरा गर्नेछिन् । सुहाना खान न्युयोर्क विश्वविद्यालयमा  अभिनय बिषय पढ्दै छिन्। तर यस बीच, सुहानाको तस्वीरले सोशल मिडियामा तापक्रम बढाइरहेका छन् ।

सुहाना तस्वीरमा उनीको साथीसँग पार्टीमा देखिएकी छिन्। तस्विरमा सुहानाले निलो रंगको पोशाक लगाएका छन्। जसमा उनी एकदम हट देखिन्छिन्। सुहानाको सो तस्विर उनको फ्यान क्लबबाट इन्स्टाग्राम एकाउण्डमा शेयर गरिएको छ। उनको सो तस्वीर सोशल मिडियामा धेरै भाइरल भइरहेको छ।

यसअघि पनि सुहानाको फोटो इन्टरनेटमा भाइरल भएको थियो ।सुहानाको फोटोलाई  केही फ्यानहरूले   मन पराए भने केहि ट्रोल गरे। ट्रोलरहरूले सुहानाको कपडा र पोजमा आपत्ति जनाएका थिए । उनीहरूले  कपडा ठिकसँग लगाउन सल्लाह पनि दिएका थिए । एक प्रयोगकर्ताले लेखे- 'यति धेरै नदेखाउनुहोस्, यदि तपाईं सामान्य कपडा लगाउनुहुन्छ भने पनि तपाईं उस्तै सुन्दर देखिनुहुनेछ।' त्यस्तै अर्का प्रयोगकर्ताले लेखे - 'सुहाना तपाईंको पोशाक ठीक गर्नुहोस्'। अर्काले लेखे - 'तपाईं शाहरुख खानकी छोरी हुनुहुन्छ र तपाईंलाई यस्तो शो गर्न आवश्यक छैन, सामान्य हुनुहोस्'। यद्यपि सुहानाले त्यस्ता टिप्पणीहरूको ख्याल राख्दिनन्।

सुहाना इन्स्टाग्राममा छैनन् तर उनको फ्यान क्लबबाट धेरै तस्विरहरु शेयर हुदै आएका छन् । सुहानाको कलेजमा पहिलो दिनको भिडियो नै सोशल मिडियामा सार्वजनीक भएको थियो । सो भिडियो आमा गौरी खानले नै रेकर्ड गरेकी थिइन् । भिडियोमा सुहाना आत्मविश्वासका साथ सीढीहरू माथि चढिरहेकी थिइन् ।

भिडियोमा सुहाना निलो डेनिम शर्ट र सेतो टी शर्ट लगाएर जादै थिइन् । सुहानाले जून २८ मा स्नातक उत्तरिर्ण गरेकी हुन् । सुहाना लण्डनको आर्डिग्ली कलेजबाट स्नातक गरेकी हुन् । सुहानाले स्नातक पास गरेपछि पार्टी पनि गरेकी थिइन् । शाहरुख खानले ट्विटरमा सुहानाको स्नातकको बारेमा जानकारी दिएका थिए ।

यसअघि सुहानाले इन्स्टाग्राममा दक्षिण कोरियन पप गायक किम जुन मियोनसँग डेटमा जान चाहेको बताएकी थिइन् । सुहानाले इन्स्टाग्राममा उनले आस्क मि एनिथिङ सेसनको क्रममा डेट जान चाहेको गायकको नाम लिएकी हुन् । उनले नाम लिएका गायकलाई सुहू नामले पनि चिनिन्छ । सुहानाले  गायकको फोटोसमेत देखाउँदै यस्तो बताएकी थिइन। कलाकारिताको पढाइ गरिरहेकी  सुहाना पढाइ सकेपछि भारतीय फिल्ममा डेब्यू गर्ने तयारीमा छिन् ।

केही समयअघि सुहानाको फिल्ममा डेब्यूको विषयमा बोल्दै शाहरुखले उनलाई केही वर्ष तालिमको आवश्यकता रहेको बताएका थिए । यस्तोमा सुहाना अहिले आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् । उनी आफ्नो आउटफिटलाई लिएर निकै चर्चित छिन् । बलिउडमा उनी कहिले डेब्यू गर्छिन् भन्ने कुरा अहिले धेरैको प्रतीक्षाको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ