arrow

'हाम्रो मानसिकताले छोरीलाई कमजोर बनायो'

सुरक्षित बेटी अभियान संचालनमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ २० सोमबार
lalbabu-raut.JPG

जनकपुर । प्रदेश दुईमा 'बेटी पढाउ बेटी बचाउ अभियान' संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश सरकारले छोरीहरुलाई निर्भिक बनाउन 'सुरक्षित बेटी अभियान' संचालनमा ल्याएको छ ।

सोमबार जनकपुरधाममा आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले औपचारिक शुभारम्भ गरेका छन् ।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले समाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको बताउदै उनीहरुलाई मजबुत बनाउन घरबाटै पहल गर्नु पर्नेमा जोड दिए।

मुख्यमन्त्री राउतले भने,‘ हाम्रो मानसिकताले छोरीलाई कमजोर बनायो, हाम्रो चिन्तनले नै छोरीलाई कमजोर बनाइरहेको छ, तसर्थ उनीहरुलाई बलियो बनाउन हामी आफैबाट शुरुवात गर्नुपर्दछ । ’

छोरी जन्मे देखिनै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिदै मुख्यमन्त्री राउतले भने,‘ हामीले भन्न सक्नु पर्दछ, छोरी कमजोर होइन, छोरी बलियो हुन्, जे पनि गर्न सक्दछन ।’

यो अभियान अन्तर्गत जनचेतनामुलुक कार्यक्रमहरु, महिला हिंसा विरुद्धको ऐन कानून वारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजाय दिने जस्ता कार्यक्रम गरिने जनाएका छन ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ