arrow

भारतीय टीममा धोनी छनौट नहुने

logo
प्रकाशित २०७६ माघ २० सोमबार
dhoni.jpeg

काठमाडौं । भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को वार्षिक सम्झौताको हिस्सा होइनन्। जुलाई २०१९ पछि एमएस धोनीले अन्तर्राष्ट्रिय क्रिकेट लगायत घरेलु क्रिकेट पनि खेलिरहेका छैन।

आईसीसी विश्वकप २०१९ को सेमीफाइनलमा न्युजिल्यान्डले भारतलाई पराजित गरेपछि एमएस धोनी लामो ब्रेकमा छन्। यस्तो अवस्थामा उनको भविष्यमाथि पनि प्रश्नहरू उठिरहेका छन । साथै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिन सक्ने पनि बताइएको छ।

यसै बिषयमा भारतीय क्रिकेट टीमका पूर्व महान कप्तान कपिल देवले आफ्नो धारणा राखेका छन् । कपिल देवले  भनेका छन्,' एमएस धोनी पुन खेलमा फर्किन कठिन छ, किनकि उनी लामो समयदेखि क्रिकेट खेलिरहेका छैनन्। छनौटकर्ताहरूलाई समेत धोनीलाई छनौट गर्न सजिलो छैन ।'

१९८३ मा भारतलाई विश्वकप जिताएका टीम इंडियाका कप्तान कपिल देव एबीपीलाई धोनीको पुनरागमन सम्बन्धी बयान दिएका हुन्।

कपिल देवले भनेका छन्, 'यदि तपाई लामो समयसम्म क्रिकेट खेल्नुहुन्छ भने मलाई लाग्दैन कि तपाई कहिँ पनि फर्केर आउन सक्नुहुनेछ, तर उनीसँग आईपीएल छ, त्यहाँ उनको फर्म महत्वपूर्ण हुनेछ। चयनकर्ताहरूले देशका लागि के राम्रो हुन्छ भनेर हेर्छन्। धोनीले देशका लागि धेरै काम गरे पनि ६ महिनादेखि नखेल्दा सबैको मनमा आशंका उत्पन्न भएको छ ।'

इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सत्रले धेरै भारतीय खेलाडीहरूको भविष्य निर्धारण गर्नेछ ।  किनकि यस टूर्नामेन्टले भारतको टी २० विश्वकप टीम र एशिया कप २०२० टीम चयन गर्नेछ।

यसै आईपीएल फार्मले धोनीको भविष्य पनि निर्णय गर्न सक्नेछ । धोनीले आईपीएलमा राम्रो प्रदर्शन गरे उनको पुनारागमन हुने सम्भव रहेको भारतीय टीमका मुख्य प्रशिक्षक रवि शास्त्रीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ