arrow

लण्डनमा आफ्ना लडाकू मारिएको आइएसको दावी

logo
एएफपी,
प्रकाशित २०७६ माघ २० सोमबार
isis-killed-london.jpg

बेरुत। इस्लामिक स्टेट (आईएस) लडाकूको समूहले आफ्ना एक जना लडाकू लण्डनमा मारिएको दावी गरेको छ। लण्डनको व्यस्त दक्षिणी क्षेत्रमा दुई व्यक्तिलाई आक्रमण गरेर घाइते बनाएपछि उनलाई प्रहरीले गोली प्रहार गरेको थियो। गोली लागी उनको मृत्यु भएको जनाइएको छ। दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्ने ती आक्रमणकारी हाम्रो संगठनका लडाकू हुन्, टेलिग्राम मार्फत् आइएस लडाकूको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ। सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्तिले आइतबार दिउसो सर्वसाधारणलाई अन्धाधुन्ध आक्रमण गरेका थिए। 

आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका ती व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए। उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएएको भएपनि आधा सजाय भोगेपछि मुक्त गरिएको थियो। जेलबाट छुटेपनि अम्मान प्रहरीको सक्रिय निगरानीमा रहेका थिए। प्रहरीका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे। त्यसपछि बाहिर निस्किएर फेरी अर्का एक महिलालाई आक्रमण गरेका थिए। यो घटनाले आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूलाई गरिने व्यवहारबारे नयाँ व्यवस्था आवश्यक पर्ने ठहर गर्दै प्रधानमन्त्री बोरिस जोनसनले योजना सार्वजनिक गर्ने बताएका छन्।

गत नोभेम्बर महिनामा पनि लन्डन ब्रिजनजिकै आतङ्कवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गरेर दुई जनाको मृत्यु भएको थियो। त्यो व्यक्ति पनि आधा सजाय भोगेर जेलबाट छुटेका र प्रहरी कारबाहीमा परी मृत्यु भएको थियो। आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूबाट एकपछि अर्को यस्ता घटना भएपछि सरकारले नयाँ व्यवस्था गर्न लागेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ