arrow

पुनर्वास उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः कृष्ण तामाङ

logo
किशोर तमाङ्ग,  
प्रकाशित २०७६ माघ २१ मंगलबार
krishna-tamang-punarbas-fnc.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा निजि व्यसायीहरुको छाता संगठन पुनर्वास उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारणसभाबाट नयाँ कार्य समिति चयन भएको छ।

पुनर्वास उद्योग बाणिज्य संघको तेश्रो वार्षिक साधारण सभाबाट सर्वपक्ष सहमति जुटाउन  निर्वाचन आयोगलाई सकस परेपछि अन्ततः सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ। 

पुनर्वास उद्योग बाणिज्य संघको तेश्रो वार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा पुनः कृष्ण बहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न संघको साधारण सभाबाट तत्कालै नयाँ कार्यसमिति चयन हुन नसक्दा विशेष छलफल र सहमतिका आधारमा सोमबार कृष्ण बहादुर तामाङको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरिएको हो निर्वाचन आयुक्त प्रमुख कर्ण बहादुर बुढाले जानकारी गराए । 

संघको नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन श्रेष्ठ ,उद्योग उपाध्यक्षमा सुर्य मोहन बिश्वकर्मा ,वाणिज्य उपाध्यक्षमा खेमराज लामिछाने ,महासचिवमा लक्ष्मण थापा , सचिवमा मित्र लामा, कोषाध्यक्षमा रमेशकुमार बिश्वकर्मा चयन भएका थिए भने सदस्यहरुमा लक्ष्मी लम्साल ,खडक बिक्रम थापा,मोलाम तामाङ र देवि भट्ट चयन भएका हुन ।

नव गठित कार्यसमितिका पदाधिकारीहरुलाई सोमबार नै प्रमुख निर्वाचन आयुक्त कर्णबहादुर बुढाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस्तै सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले नव गठित सम्पूर्ण कार्य समितिलाई प्रमाणपत्र  प्रदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ