arrow

‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन्’ समाचार विश्वकै सर्वोत्कृष्ट

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
prajwal-oli.jpg

काठमाडौं । खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए) ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उनले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गरेका हुन् । 

हङ्गेरीको बुडापेस्टमा सोमबार राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो । अर्जेन्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै उनले रु नौ लाख राशिको सो पुरस्कार हात पारेका हुन् । उनी  ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिवसमेत हु्न् ।

एआइपीएसमा अवार्ड जित्ने उनी नेपालको पहिलो पत्रकार बनेका हुन् । एक दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहँदै आएका ओलीले  गत असार १९ गते काठमाडौँ पोस्टमा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन्’ शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए । 

त्यही समाचार विश्वभरका १८० देशका सयौँ  पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो । सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ