- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको केरललाई कोरोना भाइरस आपतकाल राज्य घोषित गरिएको छ । कोरोना भाइरस राज्यमा तीन जनामा संक्रमण देखिएसंगै सरकारले आपतकाल घोषणा गरेको हो ।
कोरोना भाइरस देखिने सबै चीनको वुहानबाट फर्केका थिए । करीव १८ सय मानिसलाई संक्रमणको निगरानीको घेरामा राखिएको छ ।
चीनबाट फैलिएको उक्त कोरोना भाइरसले अहिलेसम्म ४२५ जनाको ज्यान गइसकेको छ । २० हजार ३८३ जना संक्रमित छन् ।
डेढ सय भन्दा बढी चीन बाहिर संक्रमित भएकामा केरलमा ३ जना भेटिएका हुन् ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय स्वास्थय मन्त्री हर्षवर्धन, केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप पुरी, विदेश मन्त्री एस जयशंकर लगायतको समूह गठन गरिएको छ ।
लगातार कोरोना भाइरसको रोकथामको तयारीको समीक्षा गर्नलाई समूह गठन गरिएको हो ।