नराम्ररी फसे शाहरुख खान, ७० करोडको सम्पत्ति जफत

प्रकाशित मिति : २०७६ माघ २१ मंगलबार
फाइल तस्विर

काठमाडौं ।  बलिउड अभिनेता शाहरुख खानका लागि वर्ष २०२० राम्रो देखिदैन । प्रवर्तन निर्देशालय (ईडी) ले शाहरुखसँग सम्बन्धित कम्पनी लगायत तीन कम्पनीबाट ७० करोडभन्दा बढीको सम्पत्ति जफत गरेको छ।

नाइट राइडर्स स्पोर्ट्स प्राइवेट (केकेआर) सँग जोडिएको रोज भ्याली पोन्जी योजनामा ​​ईडीले ७० करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको हो ।

ईडीको आदेशमा, पश्चिम बंगाल प्रहरीले शाहरुख खानको नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेडसँग सम्बन्धित रोज भ्याली समूहविरुद्ध सार्वजनिक एफआईआर दर्ता गरेको छ।

यसको आरोपपत्रमा, प्रहरीले भनेको छ,'रोज भ्याली समूहको कम्पनीहरूले अवैध रूपमा ठगी गरेर उच्च रकम फिर्ताको आश्वासन दिएर जनतालाई ठग्दै आएको थियो।'

प्रवर्तन निदेशालयका अनुसार रोज भ्याली घोटाला सारदा पोन्जी घोटालाभन्दा ठूलो घोटाला हो। रोजभ्याली चिट कोष घोटालामा, रोज भ्याली समूहले जनतालाई स्किममा लोभ्याएर  १७ हजार ५ सय २० करोड रुपैयाँ लिएको थियो । तर १० हजार ८ सय ५० करोड मात्र फिर्ता भएको थियो। बाँकी ६ हजार ६ सय ७० करोडको भने अझै अत्तोपत्तो छैन ।

२०१४ मा, ईडीले नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड, यसको अध्यक्ष गौतम कुंडु लगायत अन्यबिरुद्द मुद्दा दर्ता गरेको थियो। जसपछि उनीहरु २०१५ मा पक्राउ परे। कुंडुलाई पक्राउ गरिसकेपछि शाहरुख खानलाई आईपीएलमा फेमा उल्लंघनको बारेमा पनि प्रश्न गरिएको थियो।

एजेन्सीहरूका अनुसार शाहरुखले कम मूल्यमा नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड को सेयर बेचेको विश्वास गरिएको छ ।

नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड अन्तर्गत कोलकाता नाइट राइडर्स इन्डियन प्रीमियर लीग (आईपीएल) को क्रिकेट टीम हो । यसका निर्देशकहरुमा अभिनेता शाहरुख खान, गौरी खान, जुही चावलाका पति जय मेहता रहेका छन्।

नयाँ