arrow

ला लिगाको त्रिपक्षीय उपाधि होड रोचक, बार्सिलोनाले १३ वर्ष पछि लगातार ३ खेल गुमायो

हारेको खेलमा मेसीको कीर्तिमान : ५ सय गोल पूरा

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
la-liuga.jpg.jpeg
एजेन्सी । स्पेनिश ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनालाई फेरि धक्का लागेको छ । बार्सिलोनाले पछिल्ला ३ खेल गुमाएपछि धक्का लागेको हो । सन् २००३ यता बार्सिलोनाले लिगमा लगातार तीन खेल हारेको यो पहिलो पटक हो । 
 
आइतबार राति बार्सा घरेलु मैदान नउ क्याम्पमै २–१ ले पराजित भयो । भ्यालेन्सियाले खेलको २६ औं मिनेटमै गोल गरेर दबाब सिर्जना गरेको थियो । भ्यालेन्सियाका लागि पहिलो गोल इभाँ राकिटिचले गरे । यस्तै, पहिलो हाफको अन्तिम समयमा सान्टी मिनाले गोल गरेपछी बार्सा २–० ले पछि रहयो । दोस्रो हाफपछि बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसीले एक गोल फर्काए पनि हार टरेन । यो हार संगै बार्सिलोनाको उपाधि यात्रा कष्टपूर्ण भएको छ । उत्कृष्ठ लयमा रहेको बार्सिलोना तीन खेलमा भ्यालेन्सिया, रियाल सोसिडाड र रियाल मड्रिडसँग हारेको हो । त्यसअघिको खेलमा भिल्लारियलसँग २–२ को बराबरीमा रोकिएको थियो । 
 
यो हारपछि पनि बार्सिलोनालाई गोल अन्तरका आधारले दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा माथि नै छ । ला लिगाको त्रिपक्षीय उपाधि होड रोचक बन्दै जाँदा तेस्रो स्थानमा रहेको रियाल मड्रिडको दुवैसंग एक अंक मात्रै फरक छ । यसले ला लिगालाई रोचक बनाएको छ । लिगमा ५ खेल मात्रै बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडले ५ खेल गुमाएका छन् । समान ४–४ लेख बराबरी भएका छन् । रियालले ६ खेल बराबरी गर्दा ४ खेल हारेको छ ।  
 
जारी सिजनमा बार्सिलोना युएफा च्याम्पियन्स लिग फुटबलमा समेत आफ्नै होम टाउनको  एथ्लेटिको मड्रिडसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो । उक्त हारको दबाब समेत बार्सिलोनालाई परेको छ । आइतबार रातिको हारसंगै बार्सिलोनाले स्पेनिश ला लिगाको अंक तालिकामा महत्वपूर्ण अग्रता लिन अबसर गुमाएको छ । ३३ खेलबाट बार्साको ७६ अंक छ, भने समान ७६ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानको रियाल मड्रिडको ७५ अंक छ । 
 
मेसीको ५ सय गोल पूरा 
अर्जेन्टाइनी स्टार एवं बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसीले आफ्नो खेल जीवनको पाँच सय गोल पूरा गरेका छन् । ला लिगाको आइतबार राति भ्यालेन्सियासँग भएको खेलमा मेसीले मात्रै एक गोल गरे । सोही गोेल मेसीको करियरको ५ सय गोल पूरा गर्न पर्याप्त बन्यो । यद्यपि, टोलीको हार भने उनले बचाउन सकेनन् । 
 
मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोली र क्वलबाट गरी पाँच सय गोल गरे । उनले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट ५० तथा बार्सिलोनाबाट विभिन्न प्रतियोगितमा गरी चार सय ५० गोल गरेका छन् । मेसी राष्ट्रिय टोली र क्लवबाट खेलेका ६ सय ३३ खेलमा पाँच सय गोल गर्न सफल भए । बार्सिलोनाबाट चार सय ५० गोल गर्न पाँच सय २६ खेल खेल्दा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट एक सय ७  खेलमा ५० गोल गरे । उनले पाँच पटक सर्वोत्कृष्ठ फुटबल खेलाडीको बेलोन डे’अर हासिल गरिसकेका छन् ।
 
Messi looks dejected after Barcelona fell further behind on the stroke of half-time courtesy of Mina's strike at a stunned Nou Camp
 
Barcelona trio Suarez, Neymar and Messi again struggled to show signs of the class that punctuated their season until only recently
 
Neymar was subdued in the first-half as Valencia stood strong in the face of 13 shots on goal from the hosts in the opening 45 minutes
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ