ब्रिटिस पेट्रोलियमको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो
एएफपी,
प्रकाशित २०७६ माघ २१ मंगलबार
596
Shares
लन्डन। बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ। कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो। सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो। लामो समयदेखि कम्पनीको प्रमुख कार्यकारीमा सेवा गरेका डड्लीले यही कारण पद पनि गुमाउनु परेको छ।
गत वर्षको अक्टोबरमै बीपीमा कार्य गरिरहेका बर्नार्ड लूनीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिने घोषणा गरिएको छ। डड्लीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा करिब १० वर्षको कार्यकाल समाप्त गरेर आफू विदा हुन लागेको बताएका थिए।