arrow

आयोवा राज्यको प्रारम्भिक चुनावी नतिजामा प्रविधिले धोखा दिएपछि...

logo
एपी,
प्रकाशित २०७६ माघ २१ मंगलबार
ohio-state.jpg

डेस मोइन्स। अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् । 

आयोवा डेमोक्र्याटिक पार्टीले मङ्गलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । पार्टीले मतपत्र मार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ ।

पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको स्पष्ट गर्नुभयो । नयाँ मोबाइल एपमा समस्या रहेको पार्टीका समर्थकहरुले पहिल्यै औंल्याएका थिए । पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ । 

डेस मोइन्स काउन्टीका डेमोक्र्याटिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताहरुले गुनासो गरेको बताउनुभयो । समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीग समेतका वरिष्ट नेताहरु आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहनु भएको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुले डेमोक्र्याटिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यङ्ग्य गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ