arrow

एथ्लेटिको मड्रिडको टक्कर, बार्सिलोना यात्रा कष्टपूर्ण

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
spian.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा ग्रनाडालाई हराउँदै एथ्लेटिको मड्रिड दास्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको ३–० ले विजयी भयो । एथ्लेटिकोलाई विजयी गराउन कोके, फर्नान्डो टोरेस र एन्जल कोरियाले एक–एक गोल गरे ।
 
यो जितसंगै एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गर्दै उपाधि होड बलियो बनाएको छ । एथ्लेटिकोले अंक बराबरी गरेसंगै बार्सिलोनको यात्रा कष्टपूर्ण भएको छ । दुवैको समान ३३ खेलबाट ७६ अंक भएको छ । यस्तै, अन्य खेलमा एथ्लेटिक बिल्वाओले मालागालाई १–० ले हरायो । सेभिया र डेपोर्टिभो लाकोरुनाले १–१ को बराबरी खेल्दा रायो भायकानोले भिल्लारियललाई २–१ ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ