arrow

नेपाल–नामिविया क्रिकेट : नेपालले टस जितेर फिल्डिङ रोज्यो

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं । नेपाल र नामिवियाबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीय क्रिकेट कीर्तिपुर मैदानमा सुरु भएकाे छ । नेपालले टस जितेर फिल्डिङ  रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि नामिवियाले पहिले व्याटिङको निम्तो पाएको छ । नामिवियाको तर्फबाट कप्तान स्टेफेन बार्ड ओपनिङ गर्दै छन् । सोमपाल कामीले पहिलो ओभर बलिङ गरिरहेका छन् । 
 
यु–१९ कप्तान राजु रिजाल विश्राममा छन् । राजुको ठाउँमा अलराउण्डर सागर पुनले खेल्ने छन् । यसअघि, सागर शनिबारको खेलमा अस्वस्थ भएका कारण सहभागि हुन सकेनन् । राजुले विश्राम लिएपछि किपिङ विनोद भण्डारीले गर्ने छन् । यसअघि, शनिबार भएको खेलमा नेपाल १७ बल बाँकी छँदै ५ विकेटले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ