arrow

आइसीसी विश्वकप लिग–२ कीर्तिपुरमा, नेपाल र ओमान भिड्दै

घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने कप्तान ज्ञानेन्द्र मल्लको भनाइ

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
triseries-cricket-nepal.jpg

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । 

राजधानीमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उनको भनाइ थियो । 

आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताए । मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उनले उल्लेख गरे ।  

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था  मिलाइएको जानकारी दिए । उनले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसुर बाँकी नराख्ने बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने प्याकुरेलले उल्लेख गरे । मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उनको भनाइ थियो । 

क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । नेपालले बुधबार उद्घाटन खेल ओमानसित खेल्दैछ । 

सिरिज जित्ने तीनै कप्तानको लक्ष्य 

पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताए । उनीहरुले आफ्नो टोली बलियो रहेको दाबी गर्नुभयो । कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । 

घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उनको भनाइ थियो । पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उनी बताउँछन् । कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताए । यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गरे । 

अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी

अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी भएको छ । नेपालले उक्त खेल ३७ रनले जितेको हो ।

मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले ब्याटिङ गर्दै १११ रन बनायो । ११२ रनको विजयी लक्ष्य पछ््याएको अमेरिका ३३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । 

नेपालले पहिला ब्याटिङ गर्दै ३३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाए ।

पवन सर्राफले १९ रन बनाए । बलिङतर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले दुई दुई विकेट लिए । 

यस्तै अमेरिकाका लागि स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन बनाए । बलिङतर्फ नेपालका शेर मल्लले चार, सागर ढकालले तीन तथा पवन शर्राफले दुई विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ