arrow

सन्दीप लामिछानेलाई युथ आइकन सम्मान 

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
kathnamdu-house-conclave.jpg

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ युथ कन्क्लेभ २०२० को मूल समारोहमा युथ आइकन सम्मानसहित एक लाख नगद पुरस्कार दिइने भएको छ । 

यससँगै राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्यलाई पनि विशेष सम्मान गरिँदै छ । समारोहमा प्रमुख अतिथिका रूपमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउने भएका छन् । 
विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ३,००० युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै हामी शुक्रबार काठमाडौँ युथ कन्क्लेभ २०२० को आयोजना गर्दैछ । 

कलेजहरूद्वारा आयोजित युवाहरू (विशेषतः प्लस टु स्तरका विद्यार्थीलगायत अन्य) को सबैभन्दा ठूलो नेतृत्व मञ्च यो कार्यक्रम हुने प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले जनाएको छ । 

कार्यक्रम युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेसनल कलेज, न्यु समिट कलेज र हिमालय कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गर्दैछ ।
 
यसले युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने विश्वास लिइएको छ । यस काठमाडौँ युथ कन्क्लेभ २०२० को प्रमुख उद्देश्यहरू विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, परम्परागत शिक्षणविधिमा आवश्यक परिवर्तन ल्याउने, नयाँ उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा सेलिब्रिटी र अन्य सरोकारवालाको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने रहेको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । 

गत वर्ष काठमाडौँ युथ कन्क्लेभ २०१९ मा झैँ यस वर्षको कार्यक्रमले पनि युवाहरूलाई नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, ब्रेन ड्रेन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग गर्ने विश्वास आयोजकको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ