काठमाडौं। नेपाल र नामिवियाबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो एक दिवसीय क्रिकेट भइरहेको कीर्तिपुर मैदान आसपासमा खुद्रे व्यापारले प्राथमिकता पाएको छ। बाटोमा ड्राइ फुड र पानी विक्रि गर्नेको लस्कर छ।
बाटो छेउछाउ फलफुल र आइसक्रिम विक्रि गर्नेका ढेला र साइकल पनि छन्। नेपालको झण्डा अंकित स्टिकर समेत विक्रिमा छन्। कतिपयले नेपाली क्रिकेटप्रति सहानुभुति राखेर रोजिरोटीलाई पनि ध्यान दिएका छन्। पानी पूरी, चटपटेका ठेला पनि संगै छन्। तरभूज, खरभूज र केरा ओसार्नेलाई समेत भ्याई नभ्याई छ।