arrow

करण र सुसनको कसिलो बलिङ, ओमानले दियो १ सय ९८ रनको चुनौती

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
kiripur-cricket.jpg

काठमाडौं । करण केसी र सुसान्त भारीको उत्कृष्ट बलिङको परिणाम नेपालले ओमानलाई मध्यम स्तरको स्कोरमा समेट्न सफल रहेको छ।

निर्धारित ५० ओभरको खेलमा ओमानले ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको छ। नेपालको कसिलो बलिङ र छरितो फिल्डिङले ओमान मध्यमस्तरमा समेटिएको हो।

सुसान भारीले कसिलो बलिङ गर्दै १० ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर तीन विकेट लिएका थिए। त्यसैगरि करणले ९ ओभर बलिङ गर्दै ४५ रन खर्चेर ४ वेकट लिएका थिए।दिपेन्द्र सिंअ ऐरीले १ विकेट लिएका थिए।

तयसैगरि स्टार बलर सन्दिप लामिछानेले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर कुनै विकेट लिन सकेनन्। पुर्व कप्तान पारस खड्काले ७ ओभर बलिङ गर्दै १ मेडन सहित ३० रन खर्चेर कुनै विकेट लिएनन्।

ओमानका लागि मोहम्मद नदिमले आउट नभई ६९ रन बनाएका थिए। त्यसैगरि सन्दिप गौडले ३३ र नसिम खूशीले २८ रनको योगदान बनाएका थिए।

आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा अहिले नेपाल र ओमान भिडिरहेका छन् । त्रिकोणात्मक सिरिज अन्तर्गतको कीर्तिपुरमा भइरहेको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ