नेपाल-नामिविया क्रिकेट : नेपाललाई नामिवियाको २४० रनको चुनौती (अपडेट)
प्रकाशित २०७३ वैशाख ६ सोमबार
1.7k
Shares
काठमाडौं । नामिवियाले नेपाल सामु दुई सय ४० रनको चुनौती पेश गरेको छ । कीर्तिपुर मैदानमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो एक दिवसीय क्रिकेटमा टस हारेर पहिले व्याटिङ गरेको नाविवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सउ ३९ रन बनायो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि जामिवियाले पहिले व्याटिङ गरेको हो । नामवियाको सय रन पुग्नु अघिमात्रै नपाले १ विकेट हासिल गरेको थियो ।
बसन्त रेग्मीले २ विकेट चट्काए । २९ ओभरमा ११४ रन । ५ विकेट पतन । 11:26:25
नेपाललाई पाँचौ सफलता । नामिवियाको ५ विकेट पतन । 11:25:08
नामिवियाको ४ विकेट पतनपछी दर्शक उत्साही मैदान गुन्जयमान । 11:23:45
नेपाललाई चौथो सफलता । नामिवियाको ४ विकेट पतन । नामिवियाका गेर्हार्ड इरासमस र जेन ग्रिन रन आउट । 11:20:41
नेपाललाई तेस्रो सफलता । नामिवियाको ३ विकेट पतन । 11:18:21
नेपाललाई दोस्रो सफलता । नामिवियाको २ विकेट पतन । पिकी या फ्रान्स रन आउट । सय रन पूरा । 11:01:08
नामिवियाका कप्तान स्टेफन बार्ड अर्ध शतक पूरा गरेर आउट भएका छन् । साथै ग्रिनसंगको साझेदारी २१औं ओभरमा आएर भङ्ग भएको छ । 10:53:01
नेपाललाई पहिलो सफतला । सन्दिपले लिए १ विकेट । 10:49:54
सोमपालले अघिल्लो खेलमा विकेट हासिल गरेको प्रदर्शन देखिएन । शनिबारको खेलमा उनले सुरुमै दुई विकेट लिएका थिए । 10:48:42
नामिवियाका कप्तान स्टेफन बार्डले अर्धशतक पूरा गरे । ग्रिनसंग जोडि जम्यो । 10:45:14
२० ओभरको समाप्तीमा विना विकेटको क्षतिमा ९१ रन । नेपाललाई विकेट लिनै पर्ने दबाब । 10:44:02
सन्दिपको पहिलो ओभर सुखद् । विना कुनै रन एक मेडन राखेका छन् । 10:34:26
सन्दिप लामिछाने बलिङमा । आशाको आवाज गुन्जियो । 10:31:19
नामिवियाका कप्तान स्टेफन बार्ड र किपर जेन ग्रिनले ७२ रनको साझेदारी गरेका छन् । नेपाले यो साझेदारीलाई ब्रेक गर्नु पर्ने छ । 10:30:09
१५ ओभरको समाप्तीमा ७३ रन । 10:28:07
सन्दिप चुके । चौका गयो । फिल्डिङ कमजोर । 10:27:02
बसन्त रेग्मी बलिङमा । 10:25:33
१४ ओभरको समाप्तिमा ६५ रन । 10:23:50
पारस खड्का बलिङमा 10:23:24
१३ ओभरमा ६३ रन । नेपालको बलिङ चम्केन । 10:22:31
१२ ओभरमा ५९ रन । नामिविया संयमिति । 10:17:03
बसन्त रेग्मी बलिङमा । 10:11:07
नामिवियाले ५० रन कटायो । १० ओभरमा ५२ रन । 10:09:37
९ ओभरमा ४७ रन । दबाब नेपालतिर फर्कियो । 10:06:05
पारसले दोस्रो क्याच फुत्काए । उपयुक्त अबसर गुमाए । 10:03:59
८ ओभरमा ३८ रन । शक्तिको बलिङ सशक्त । चार ओभरमा १० रन दिए । 10:02:08
नामिविया संयमित बन्दै । सोमपालले रन खर्चिए । उनले चार ओभरमा २६ रन खर्चिए । 10:00:28
नामिवियालाई बलिङ दबाब : ७ ओभरमा ३३ रन । 09:57:57
लामो समय पछि नामिवियाको चौका । यसअघि, पहिलो ओभरमा नामिवियाका कप्तान स्टेफन बार्डले दोस्रो र तेस्रो बलमा लगातार दुई चौका प्रहार गरेका थिए । 09:56:16
नेपाल बलिङमा सशक्त । पहिलो ओभरमा १० रन दिएको नेपालले पछिल्लो समय बलिङमा दबाब दिएको छ । ५ ओभरमा २३ रन । पारसले क्याच गर्ने उपयुक्त अवसर गुमाए । 09:51:24