arrow

अष्ट्रेलियाको डडेलोमा परेका घाइतेका लागि एनआरएनएले गर्‍यो रक्तदान

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
nrna4.jpg

अष्ट्रेलिया । हालै अष्ट्रेलियामा लागेको विनाशकारी डडेलोमा परी घाइतेहरुको सहयोग स्वरुप रक्तदान गरिएको छ । एनआरएन एन्टीतर्फको पहलमा रक्तदान गरिएको हो । हालै अष्ट्रेलियामा डडेलोमा परि २७ जनाको मृत्यु भएको थियो भने  २१०० घर जलेर नष्ट भएका थिए ।

सो घटनामा  घाईते भएकाहरुलाई रगतको आवश्यकता भएपछि सहयोग स्वरुप रक्तदान गरेका हुन् ।  ३ र ४ फ्रेरवरीमा संचालन भएको कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए।

कार्यक्रम एनआरएनए अष्ट्रेलियाका केन्द्रीय सदस्य बासुदेब दुलाल र टुवीस प्रधानको नेतृत्वमा कार्यक्रम भएको थियो। संयोजक दुलालका अनुसार हाल अष्ट्रेलियामा परेको बिपतलाई ख्याल गरी मानवीय संवेदनालाई बुझेर हामीले यो कार्यक्रम सुरु गरेको हो।' उनले भने,' यस वर्ष देखि  एनआरएन अष्ट्रेलियाले ल्याएको नयां खालको कार्यक्रम हो अघिल्लो सालमा कुनै पनि रक्तदान एनआरएन अष्ट्रेलियाबाट भएको थिएन ।' साथै रक्तदान जस्तो महान कार्यमा स्वतस्फूर्त सहभागी भई रक्तदान गर्नुहुने दाताहरुलाई आयोजकको तर्फबाट धन्यवाद दिए ।

नेपालमा ३५ पल्ट रक्तदान गरिसकेका अर्का रक्तदान कार्यक्रममा पुगेका जनसम्पर्क समिति डार्विनका अध्यक्ष सविन बरालले आफुले नेपालमा १० बर्ष पछिफेरी रक्तदान गर्न पाउदा खुशि व्यक्त गरे ।

अर्का दाता पूर्व एनआरएन एन्टीका संयोजक हरि रिजालले यस कार्यक्रमको प्रस‌ंसा गर्दै राम्रो कामको थालनी गरेकोमा सम्पूर्ण एनआरएन एन्टीलाई आगामी दिनमा पनि सहयोग गर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ