arrow

ईन्जीनियरिङका विद्यार्थी डिप्रेशनमा, लगाए काभ्रे क्याम्पसमा ताला

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
kavre-campus.jpg

बनेपा । काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीहरु लामो समयदेखि आफ्नो सुनिश्चीत भविष्यको खोजिमा लागेका छन् । जिल्लामा लामो समय एउटा प्रतिष्ठा राख्न सफल क्याम्पस यतिबेला कम्प्युटर ईन्जीनियरिङ संकायको कारणले बदनाम भएको छ ।

 विषयको मापदण्ड नै नपुगेका कारण सर्टि्फिकेट आएता पनि स्नातक तहमा जान नमिल्ने भन्ने सन्देशले यतिबेला चर्चा लिएको छ । विद्यार्थी आफ्नो भविष्यको कल्पना गर्दै एउटा विषयमा पढिरहेको हुन्छ । त्यहि विद्यार्थी यतिबेला क्याम्पसले लापरबाहि गरेको र विद्यार्थीको हितका लागि कुनै पनि कदम नचालेको कारणले गर्दा क्याम्पसलाई ताला लगाउने अवस्थामा पुगेको छ ।

एक विद्यार्थीले भने,' विद्यार्थी प्रत्येक क्याम्पसको सम्पति हो । सम्पतिको सुक्षा गर्नु हामी सबैको कर्तव्य पनि हो । तर, विद्यार्थीको भविष्य नै के होला ? भन्ने अवस्थामा एउटा जिम्मेवार शिक्षालयले नसोच्दा आज यो अवस्थामा आईपुगेको छ काभ्रे क्याम्पस । गत केहि दिन देखि आफ्ना मागहरु राख्दै आएका विद्यार्थीहरु आफुले गरेको कुनै पनि प्रस्ताव क्याम्पसले प्रतिक्रिया नदिएको कारणले प्रसाशनमा ताला लगाएका छन् । '

प्रशासनमा ताला लगाईसकेपछि विद्यार्थीको समुहले आफ्नो न्यायका लागि जिल्ला प्रशासन कार्यलयमा गई ज्ञापन पत्र समेत दिएका छन् । उनीहरु आफ्नो सपना तुहिएला भन्ने डरमा छन् यति बेला । आफ्नो भविष्य राम्रो बनाउनका लागि भर्खरै एउटा सानो खुट्किला अगाडि बढाएका विद्यार्थी डिप्रेशनमा जालान कि भन्ने पिर छ विद्यार्थीको अविभावकलाई  विद्यार्थीले यस कुरा सुनेदेखी राम्रोसँग खाना र निन्द्रसमेत त्याग गरि बसेका छन् यतिबेला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ