arrow

आशाका सन्दीपले ल्याए उत्साह, साथमा २ मेडन

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
sandip-news.jpg.jpeg
काठमाडौं । नामिवियासंगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल बलिङ दबाबमै रहेका बेला यु–१९ तारा सन्दीप लामिछानेले विकेट लिँदै दबाब केही कम गरे । उनले नेपाललाई विकेट लिएर पहिलो सफलता दिलाए । नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो एक दिवसीयबाट डेब्यु गरेका उनले करियरको आफ्नो  दोस्रो
खेलमा पहिलो ओभर बलिङ गर्दा विना कुनै रन एक मेडन राखे । उनले अर्को ओरभमा पनि १ मेडन गरी दुई मेडन राखेका छन् । 
 
उनले अर्धशतक पूरा गरेका नामिवियाका कप्तान स्टेफन बार्डलाई आउट गरे । त्यति मात्र नभई उनले बार्ड र किपर जेन ग्रिनबीच भएको ८९ रनको साझेदारी समेत आउट गरे । त्यति मात्र नभई उनले बार्ड र किपर जेन ग्रिनबीच भएको ८९ रनको साझेदारी समेत भङ्ग गरिदिए । लगत्तै नामिवियाले बार्ड पछि आएका पिकी या फ्रान्सलाई सस्तैमा गुमायो । 
 
१६ वर्षीय सन्दीपले विकेटको खाता खोलेपछि नेपाली समर्थकको आवाज गुन्जियो । यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा सन्दीपले ह्याट्रिक गरेका हुन् । आयरल्यान्डविरुद्धको खेलमा सन्दीपले ३१औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । १० ओभर खेलेका सन्दीपले २७ रन खर्चेर ५ विकेट लिएका थिए । सोही खेलको प्रदर्शनका आधारमा उनी एक दिवसीय खेलमा डेब्यु गर्न सफल भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ