- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। समाजवादी पार्टीका रामप्रीत पासवानले छिमेकी देश चीनमा फैलिएको महामारी नोवेल कोरोना भाइरसले माहामारी फैलिएको भन्दै त्यसबाट सुरक्षित हुने उपायबारे सरकारले चालेको कदमका बारेमा पनि आमरुपमा जानकारी दिन आग्रह गरे।
उनले कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचाररुपी भाइरस फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिए। उनले गोकर्ण रिसोर्ट भाडा प्रकरण, मेलम्ची खानेपानी आयोजनालगायत ठेकेदार छनोटमा अनियमिता भएको भन्दै कवितामार्फत नै सरकारको व्यङ्ग्य गरे।