arrow

अष्ट्रेलियाका डढेलो पीडितलाई नेपालीद्धारा रगत सहयोग

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
aus-help.jpg

सिड्नी । अष्ट्रेलियाका डढेलो पीडितको सहयोगार्थ रक्तदान गरिएको छ । एनआरएनए एनटीको तर्फबाट गरिएको रक्तदान एनआरएनए अष्ट्रेलियाका केन्द्रीय सदस्य वासुदेव दुलाल र टुवीस प्रधानको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

फेब्रुवरी ३ र ४ तारिखमा भएको उक्त कार्यक्रममा १९ जनाले रक्तदान र प्लाज्मा दान गरेका थिए । हाल अष्ट्रेलियामा लागेको विनाशकारी डढेलोमा परी घाइते भएकाहरुको लागि धेरै रगतको आवश्यकता परेको हुनाले सहयोग स्वरुप यो कार्यक्रमको आयोजना गरिएको हो । 

डढेलोमा परी २७ जनाले ज्यान गुमाएका थिए भने २१ सय घर जलेर नष्ट भएका थिए । धेरैको संख्यामा घाईतेहरु भएको हुनाले ती घाईतेहरुलाई सहयोग स्वरुप कर्मभूमिप्रतिको माया र सद्भाव प्रस्तुत गरिएको नेपाली सहभागीले बताए । 

संयोजक बासुका अनुसार हाल अष्ट्रेलियामा परेको विपदलाई ख्याल गरी मानवीय संवेदनालाई बुझेर यो कार्यक्रम सुरु गरिएको संयोजक बासुले बताए । 

यस वर्षदेखि एनआरएनए अष्ट्रेलियाले ल्याएको नयाँ खालको कार्यक्रम हो । अघिल्लो साल कुनै खाले रक्तदान कार्यक्रम भएको थिएन । रक्तदानमा सहभागी सबैलाई धन्यबादसमेत दिइएको छ । 

रक्तदान कार्यक्रममा डार्विन बासी जनसम्पर्क समिति डार्विनका अध्यक्ष सविन बरालले आफुले नेपालमा ३५ पल्ट रक्तदान गरिसकेको र १० बर्षपछि फेरि रक्तदान गर्न पाउँदा खुशी लागेको बताए । 

उनले भने, ‘रक्तदान भनेको जीवनदान हो । यो विशुद्ध मानवीय सेवा हो । राम्रो कामको सुरुवात गरेकोमा आयोजकलाई धन्यवाद ।’

अर्का दाता पूर्व एनआरएनए एनटीका संयोजक हरि रिजालले यस कार्यक्रमको प्रशंसा गर्दै राम्रो कामको थालनी गरेकोमा सम्पूर्णलाई धन्यवाद दिए । 

अष्ट्रेलियाको डोनेसन प्रकिया अलिक झन्झटिलो र हरेक नियम पालना गर्नु परेको र सात दिनअगाडि दर्ता गर्नेले मात्र रक्तदान गर्न पाउने हुनाले लगभग ५० जना जतिको इच्छा भए पनि सबैले समय तालिका नमिलेर रक्तदान गर्न नपाएको आयोजकको दावी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ