arrow

जन्मेको ३० घण्टामा कोरोना भाइरस

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
corona-virus.jpg

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको त्रास बढ्दो छ । कोरोनाको उद्गम स्थल चीनको वुहानमा स्थिति सबैभन्दा बढी विकराल रहेको बताइएको छ । 

वुहानमा जन्मिएको ३० घण्टापछि एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण पाइएको छ । 

कोरोनाबाट संक्रमित यो शिशु सबैभन्दा कम उमेरको हो । मिडिया रिपोर्टका अनुसार नवजात शिशुकी आमाको गर्भमा या जन्मेपछि संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । 

नवजात शिशुलाई जन्माउनुअघि उनकी आमाको रिपोर्ट पनि पोजेटिभ पाइएको थियो । 

डिसेम्बरको अन्तिमबाट बाहिरिएको कोरोना भाइरसले चीनमा मात्रै कम्तीमा ४ सय ९० जनाको ज्यान गएको छ । त्यसैगरी हङकङ र फिलिपिन्समा १–१ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ