arrow

चीनबाट हङकङ जाने सबैलाई १४ दिने क्वारेन्टाइन 

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
corona-virus-hongkong-strik.jpg

काठमाडौं । कोरोना भाइरसले पुर्याएको असरले मानिसको ज्यान त गाएको छ नै यसले जनजीवनमा ठूलो असर पुगेको छ । आर्थिक मन्दी लाग्न थालेको छ । 

कोरोनाबाट हङकङ पनि अछुतो छैन । डिसेम्बरको अन्तिमबाट बाहिरिएको कोरोना भाइरसले चीनमा मात्रै कम्तीमा ४ सय ९० जनाको ज्यान गएको छ । त्यसैगरी हङकङ र फिलिपिन्समा १–१ जनाको ज्यान गएको छ । 

यसैबीच हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

हङकङमा २१ जनामा सङ्क्रमण देखिएको छ । त्रसित हङकङले अब चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको हो । 

आगामी शनिबार फेब्रुअरी ८ तारिखदेखि यो निर्णय लागू हुने बीबीसीले लेखेको छ । 

यसअघि हङकङका स्वास्थ्यकर्मीले चीनसँगको सबै सीमा बन्द गर्न माग गरेका थिए । 

तर त्यो आन्दोलनलाई भने हङकङ सरकारले अस्वीकार गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ