arrow

सुदुरपश्चिमका सांसदहरुको प्रश्न: २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
far-western-mp.jpg

धनगढी। बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन्। आज बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुले २८ वर्षयता आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरुले २८ वर्ष पूर्व सुरु हुन लागेको पश्चिम सेती परियोजना किन बन्न नसकेको भनी प्रश्न समेत उठाए।

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले बहुमतको सरकार आएकाले पश्चिम सेती परियोजना निर्माण अगाडि बढाउन सक्ने बताए। उनले भने, नेपालमा विभिन्न समयमा सरकार परिवर्तन भई राजनीतिक अस्थिरताका कारणले परियोजनाले पूर्णता पाएन। अहिलेको सरकार दुई तिहाईको सरकार हो भएकाले परियोजना कार्यान्वयन गर्न सक्छ।

लामो समयदेखि निर्माण गर्न थुप्रै सरकारले पहल गरेपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै आलोचना गरे। विदेशी कम्पनीहरुलाई पहल गर्दा पनि पूँजी व्यवस्थापन गर्न नसक्दा कम्पनीहरुले छाडेको बताए। परियोजना निर्माण हुनुपर्छ भन्नेमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गरिरहेको सांसदहरुको एउटै मत रहेको समेत बताए। 

माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा यस परियोजनाको विषयमा चीनसँग सम्झौता भएको उल्लेख गरे। उनले  भने,सरकार केही दिन पछि ढल्यो र सो परियोजनाको काम रोकियो। पश्चिम सेतीबारे सरकारलाई गम्भीर हुन आग्रह गरे। विकासका लागि सरकार एकजुट हुनपर्ने आग्रह गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुले सुदुरपश्चिमलाई सधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। २८ वर्ष अगाडी शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन् भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, २८ वर्षसम्म किन परियोजना अगाडि बढ्न सकेन ? विकासका लागि सुदुरपश्चिमेली एकजुट हुने उनको भनाई थियो। दुईवटा बजेट ल्याई सकेको वर्तमान सरकारले अर्को बजेट भाषणमा उक्त परियोजनाको बजेट छुट्याउनु पर्नेमा जोड दिए।

रेल र पानी जहाज ल्याउन लागेको सरकारले केन्द्रलाई मात्र ध्यान दिएको बताए। रेल र पानी जहाजको बजेटले १० आठवटा परियोजना बन्न सक्ने बताए। दुई पक्षीय वार्ता नभएको कारण चिनियाँ कम्पनी यस परियोजनाबाट हटेको गुनासो समेत गरे। सो परियोजनाको बजेट सरकारलाई छुट्याउन आवश्यक रहेका बताए। सो परियोजना राष्ट्रिको हितमा रहेको जनाए। परियोजनाले देशमा रोजगारी सिर्जना गर्ने र युवाहरु विदेश पलायन हुनबाट जोगिने समेत बताए।

डोटीका नेकपा सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाए। उनले भने, सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र हटेपछि बोल्ने प्रवृत्ति छ। सत्तामा पुगेकाहरु पश्चिम सेती अघि बढाउनेबारे गम्भिर नभएको आरोप लगाए। सन् १९५७ मा अष्ट्रेलियन कम्पनी र सन् २०१२ मा चिनियाँ कम्पनीहरु काम गर्न खोज्दा बजेटको छिनोफानो नभएको कारण दुवै कम्पनीहरुलाई निर्माण गर्न रोक लगाइएका बताए। २८ वर्षमा थुप्रै सरकार बने पनि निर्माणका लागि गम्भीरतापूर्वक पहल नगरेको उनको भनाई थियो।

पश्चिम सेती वर्तमान सरकारको पालामा काम हुने उनको भनाई थियो। उनले भने,पहिल्यै तयार भएको डिपीआरलाई करेक्सन गरेर काम गर्ने प्रतिबद्वता व्यक्त भइसकेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बद्री पाण्डेल पश्चिम सेती परियोजना घर न घाट को भएको बताए। उनले भने, सरकारले परियोजनालाई उच्च प्राथमीकतामा राख्नुपर्छ। परियोजना प्रति राज्यले ध्यान नदिंदा अलपत्र परेका बताए।

राष्ट्रिसभाका सांसद चक्र प्रसाद स्नेहीले पश्चिम सेती परियोजना दिन प्रति दिन सेलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, परियेजनालाई सफल पार्न सुदुपश्चिमवासीहरुले आफ्नो गाँस काटेर समेत यस परियोजनामा सेयर हाल्ने जनाएका छन्। सो परियोजनाले निरन्तरता पाओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय सभाको दीगो विकास समीतीकी सभापती तारा देवी भट्टले सो परियोजना जतिसक्दो छिटो अगाडि बढ्नुपर्नेमा जोड दिइन्। परियोजनालाई प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल गरेर अगाडि बढाउने बताइन्। 

कार्यक्रम आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती परियोजनालाई सरकारले प्याकेजको रुपमा अगाडि बढाउनुपर्ने माग गरे। सुदुरपश्चिमेली धेरैपटक सडकमा पुग्दा पनि माग सम्बोधन नभएको भन्दै अब कार्यान्वयनमा जान नीतिनिर्माण तहमा भएकाहरु एक्सनमा जानुपर्ने बताए। उनले भने, सांसदज्यूहरु अब एक्सनमा जानुहोस्, सडकबाट कराएर हाम्रो मुद्दा समाधान भएन। परियोजना निर्माण गर्न सुदुरपश्चिमका सबै राजनीतिक दलहरु एकमत हुनुपर्नेमा जोड दिए। योजनालाई बजारीकरण नगर्न सरकारलाई आग्रह गरे। यसै विषयमा उनले छिट्टै किर्तीपुरमा आजादी कन्सर्टको आयोजना गर्ने जानकारी गराए।

कार्यक्रममा अभियन्ता हेम थापाले सम्पूर्ण क्षेत्रको विकास भइरहँदा सुदुरपश्चिमको विकास किन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले सुदुरपश्चिमवासीहरुलाई सैताको जस्तै व्यवहार गरिरहेको आरोप समेत लगाए। पत्रकार ऋषी धमलाले पश्चिम सेती बनाउनका लागी सबै पार्टी एकजुट हुनुपर्ने बता। पश्चिम सेती परियोजनाको विषयमा बहस गर्ने समेत बताए।

कार्यक्रममा सुदुरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु शेरबहादुर कुँवर यज्ञ बोगोटी, लक्ष्मी चौधरी, बीना बुढाथोकी, राम बहादुर विष्ट, लगायतका उपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ