arrow

नेपाललाई नामिवियाको २४० रनको चुनौती

नेपाली व्याट्सम्यानलाई चुनौती

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं । नामिवियाले नेपाल सामु दुई सय ४० रनको चुनौती पेश गरेको छ । कीर्तिपुर मैदानमा जारी  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो एक दिवसीय क्रिकेटमा टस हारेर पहिले व्याटिङ गरेको नाविवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सउ ३९ रन बनायो । 
नेपालले टस जितेर फिल्डिङ रोजेपछि जामिवियाले पहिले व्याटिङ गरेको हो । नामवियाको सय रन पुग्नु अघिमात्रै नपाले १ विकेट हासिल गरेको थियो । 
 
नामिवियाका लागि कप्तान स्टेफन बार्ड र किपर जेन ग्रिनले ९८ रनको उत्कृष्ठ पारी खेले । बार्डले व्यक्तिगत ५१ रन बनाए भने ग्रिनले ४७ रन बनाए । यद्यपि, यी दुईले छक्का प्रहार गर्न सकेनन् । सरेल बर्गरले अविजित ४३ रन बनाए । शक्ति गौचनको सिकार भएका जेपी कोट्जेले ३२ रन बनाए । नेपालका बलरले अतिरिक्त १० रन दिए । बाइ १, लेगबाइ ५ र वाइट ४ बल फाले ।
 
नेपालका लागि पहिलो विकेट हासिल गरेका सन्दीप लामिछानेले २ मेडन राख्दै २ विकेट लिए । यस्तै, स्पिनर बसन्त रेग्मीले १ मेडन राखेर २ विकेट लिए । यस्तै शक्ति गौचनले समेत २ विकेट चट्काए । शनिबारको खेलमा सुरुवाती २ विकेट लिएका सोमपाल कामी विकेट विहिन रहे भने, कप्तान पारस खड्काले महत्वपूर्ण तीन क्याच फुत्काए । पाहुना टोली नामिवियाले उच्च स्कोर बनाएकाले नेपाली व्याट्सम्यानलाई चुनौती छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ