arrow

ओमानको लगातार दोस्रो जित, अमेरिका पराजित

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
WCL-Oman.jpg

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत ओमान र अमेरिकाको खेलमा ओमान ६ विकेटले बिजयी भएको छ। २ सय १४ रन पच्छयाएको ओमानले ४९.३ ओभरमा उक्त लक्ष्य भेट्टाएको थियो।

ओमानका लागि अकिब ईल्यासले ७२ रन बनाएका थिए। त्यसैगरि मोहम्मद नदिमले आउट नभई ५५ रन बनाएका थिए भने सुरज कुमारले ३३  रनको पारी खेलेका थिए।

अमेरिकाका लागि नेत्रवाल्कर, थेरोन, हल्याण्ड र टेलरले १-१ विकेट लिएका थिए।   

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाउनुभयो । यसमा सात चौका सामेल थियो ।

अक्षय होमराजले ३३ रन बनाए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिएका थिए ।

बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई-दुई तथा कलिमउल्लाहले एक विकेट लिए। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ