arrow

कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने चिकित्सक रहेनन्

शुक्रबार बिहानसम्म ६ सय ४० जनाको ज्यान गयो, चीनमा मात्रै ३१ हजार १ सय ३१ जना संक्रमित

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
corona-virus-killed-first-d.jpg

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ । चिकित्सक लि वेनलियाङकोे कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत उनले गत डिसेम्बर ३० तारिखमा यो संक्रमणबारे सामाजिक संजालमा जानकारी गराएका थिए । तर उनलाई प्रहरीले गलत सूचना दिएको भन्दै यस्ता विचार दिन बन्द गर्न चेतावनी दिएको थियो । 

आफूसमेत रोगबाट जुधिरहेका लिको बिहीबार वुहानमा मृत्यु भएको जनाइएको हो । 

ग्लोबल टाइम्स, पिपुल्स डेली र चिनियाँ मिडियाहरुका अनुसार ३४ वर्षीय डा लिको बिहीबार बिहान मृत्यु भएको हो । 

के गरेका थिए लिले ? 
डा लिले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको पत्ता लगाएका थिए । उनी ७ वटा रोगीको उपचारमा खटेका थिए।

उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए। 

लिले नयाँ भाइरसबारे चेतावनी दिएपछि उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो।

डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन सुझाएका थिए ।

लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरेका थिए । उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखेका थिए ।

जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए। प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो ।

उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ । त्यसपछि लि पनि कोरोनाबाट संक्रमित बने। 

उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको थियो । 

जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताएका थिए । त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भएका थिए । 

कतिको गयो ज्यान ? 
कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म ६ सय ४० जनाको ज्यान गइरहेको छ । चीनमा ६ सय ३८ जनाको मृत्यु हुँदा हङकङ र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ । 

बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको थियो । 

चीनमा मात्रै ३१ हजार १ सय ३१ जना संक्रमित रहेका छन् । चीन बाहेक २५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ