arrow

मेस्सी स्तव्ध, बार्सिलोना र रियाल मड्रिड क्वार्टरफाइनलबाटै बाहिरिए

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार

काठमाडौं । स्पेनिश ला लिगाको शीर्ष दुईमा रहेका उपाधिका दावेदार क्लबहरु रियाल मड्रिड र बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । 

बिहीबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियाल मड्रिड रियाल सोसिडाडसंग पराजित भएको हो ।

बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० गोल अन्तरले पराजित भयो । 

लगातार सात पटक कोपा डेल रे फुटबलको फाइनल पुग्ने बार्सिलोनाको सपना चकनाचुर गर्ने क्रममा खेलको इन्जुरी समयमा गोल गर्दै इनाकी विलियम्सले गोल गरे । 

यो खेलपछि चर्चित खेलाडी लियोनल मेस्सीले स्तव्धता प्रकट गरेका छन् । उनी सबैभन्दा निराश बनेका छन् । 

अर्को खेलमा ला लिग लिडर रियाल मड्रिड रियाल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित भयो ।

मार्टिन ओडिगार्ड, अलेक्जेण्डर ईसाक र इसाकले गोल गर्दै सोसिडाडलाई ३–० को अग्रता दिलाएका थिए । 

त्यसपछि मार्सेलो र रोड्रिग्वोले गोल गर्दै रियाल मड्रिडलाई खेलमा फर्काउने प्रयास गरे ।

मिकेल मोरिनोले सोसिडाडको तर्फबाट एक गोल थपे । अन्तिममा नाचोले गोल गर्दै रियाल मड्रिडलाई अन्तर कम गराए पनि हारबाट जोगाउन सकेनन् । 

बार्सिलोना र रियाल मड्रिडको अप्रत्यासित हारले कोपा डेल रे मा सन् २०१० पछि पहिलो पटक उपाधि नयाँ क्लबले जित्ने भएको छ । 

सन् २०१० पछि निरन्तर उपाधिका लागि दुईमध्ये कम्तीमा एक क्लब फाइनलमा रहँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ