arrow

कोरोनाबाट कत्तिको प्रभावित छ भारत ? कहाँ कति ? 

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
corona-india.JPG

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले भारतलाई पनि प्रभाव पारेको छ । भारतको केरलमा आपतकाल नै घोषणा गरिएको छ । 

त्यहाँ तीन जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ । तर चीनबाट भारत फर्किएका ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । 

चीनको वुुहानबाट भारत ल्याइएका सबै ६ सय ४५ जनामै कोरोना नभएको पाइएको बिहीबार भारतीय स्वास्थ्य मन्त्रालयले दिएको हो । 

चीनबाट ल्याइएका सबैलाई दिल्लीको छावलास्थित आईटीबीपी क्याम्प र मानेसरको आर्मी क्याम्पमा राखिएको छ । 

कतिको गयो ज्यान ? 
कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म ६ सय ४० जनाको ज्यान गइरहेको छ । चीनमा ६ सय ३८ जनाको मृत्यु हुँदा हङकङ र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ । 

बिहीबार मात्रै ७३ जनाको मृत्यु भएको थियो । 

चीनमा मात्रै ३१ हजार १ सय ३१ जना संक्रमित रहेका छन् । चीन बाहेक २७ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

कहाँ कति संक्रमित

अन्य देशमा देखिएको संक्रमणमा जापानमा ४५, सिंगापुरमा २८, थाइल्याण्डमा २५, दक्षिण कोरियामा २३, हङकङमा २१ र अष्ट्रेलियामा २१ जना संक्रमित छन् । 

त्यस्तै जर्मनी, अमेरिका र मलेसियामा १२–१२ जना संक्रमित रहेका छन् । 

ताइवानमा ११ तथा मकाउ र भियतनाममा १०–१० जना संक्रमित छन् । 

फ्रान्समा ६, क्यानडा र अमेरिकामा ५–५, भारतमा ३ जना संक्रमित रहेका छन् । 

इटाली, रुस, बेलायत र फिलिपिन्समा २–२ जना संक्रमित छन् । 

नेपाल, श्रीलंका, कम्बोडिया, बेल्जियम, स्पेन,  फिनल्याण्ड र स्वीडेनमा १–१ जना संक्रमित छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ