arrow

रजनीकांतको 'दरबार' करोडको घाटामा : वितरक भोक हडतालमा, निर्देशक अदालतमा

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
rajnikant1.jpg

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकांतको फिल्म 'दरबार' बक्स अफिसमा फ्लप साबित भएको छ ।

फिल्म असफल भएसँगै निर्देशक एआर मुरुगाडोसले फिल्मको वितरकहरूबाट आफ्नो सुरक्षाको लागि मद्रास उच्च अदालतसँग माग गरेका छन्।

वास्तवमा फिल्मका वितरकहरू चेन्नईमा रजनीकांतको घर पुगेका थिए, तर त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनीहरूलाई बाहिरको बाटो देखाए ।

त्यसपछि वितरकहरूले भोक हडतालमा जाने निर्णय गरेका छन्।

वितरकहरूलाई यस अवस्थामा देखेर फिल्म निर्देशकले मद्रास उच्च अदालतबाट प्रहरी सुरक्षाको माग गरेका छन्। रिपोर्टका अनुसार २०० करोडको बजेटमा बनेको रजनीकांतको दरबारले विश्वभर २५० करोड कमाएको छ।

यसको बाबजुद पनि फिल्मले ७० करोडको घाटा बेहोर्नु परेको छ । फिल्मको बजेटको आधा रकम रजनीकांतको फीस थियो।

चलचित्र 'दरबार'मा रजनीकांत नयनतारा, निवेठा थोमस र सुनील शेट्टी महत्वपूर्ण भूमिकामा थिए।

यसमा रजनीकांत २७ बर्षपछि प्रहरीको भूमिकामा देखा परेका छन् । फिल्म ९ जनवरी २०२० मा रिलीज भएको थियो।

फिल्म 'दरबार' सिनेमाघरमा रिलीज हुने बित्तिकै अनलाइन लीक भएको बताइएको छ । चलचित्र विश्वव्यापी ७ हजार भन्दा बढी स्क्रिनमा रिलीज भएको थियो भने चलचित्रले रिलिजको दिन ५० करोडको अंक पार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ