कांग्रेस संसदीय दलको निर्णय- प्रतिनिधिसभा बैठक अवरोध गर्ने
प्रकाशित २०७६ माघ २४ शुक्रबार
687
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।
कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
साथै प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफ्ना धारणा राखेर बैठक अवरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनले जग्गा खरिद गरेका व्यक्तिलाई भने उन्मुक्ति दिन खोजेको आरोप लगाए। यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।